गोदावरीमा दुर्घटनाको जोखिम उच्च, राज्य मौन, जनप्रतिधिका उल्टै ठूला कुरा !

सावित्री जोशी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकास्थित महेन्द्र राजमार्ग सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको जर्जर अवस्थाका कारण पछिल्ला दिन राजमार्गमा दुर्घटनाको जोखिम बढेको हो ।

त्यसैमाथि राजमार्गको छेवैमा गोदावरी नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालन भएसँगै दुर्घटनाको जोखिम झनै थपिएको स्थानीय तथा सवारी चालकहरुले बताएका छन् ।

khadya

लामो समयदेखि गोदावरी नगरपालिका क्षेत्रमा अटो चलाउँदै आएका विरेन्द्र मल्ले पनि सडकको अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको बताएका छन् । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने सडकमै जेब्रा क्रसिङ तथा ट्राफिक चिन्हहरु नहुँदा दुर्घटनाको जोखिम बढेको मल्लको भनाई छ ।

‘महेन्द्र राजमार्गमा साना ठूला सबै प्रकारका गाडी चल्छन् । तर सडकको अवस्था दयनीय छ, जेब्रा क्रसिङ पनि राखिएका छैनन्’, उनले भने, ‘कतिबेला दुर्घटना हुन्छ भन्ने थाहा हुँदैन ।’

यस्तै अर्का स्थानीय लक्ष्मीदत्त जोशीले पनि सडकको अवस्थाका कारण दुर्घटना बढेको बताएका छन् । ‘सडकमा न जेब्रा क्रसिङ छ, न सडक चौडा र फराकिलो छ, त्यसैमाथि साँझको समयमा सडकमा लाइटसमेत नहुँदा धेरै समस्या भएको छ ।’ उनले भने । अर्कोतर्फ सडक छेउमै नगरपालिकाको कार्यालय भएको र नगरपालिका जाने बाटोमा जेब्रा क्रसिङ पनि नहुँदा जोखिम झनै बढेको जोशीले बताएका छन् ।

सडकको अवस्था र स्थानीय तहको बेवास्ताप्रति ध्यानाकर्षण गराउँदा पनि स्थानीय तहले सुनको नसुन्यै गरेको अर्का स्थानीय कमल सिंह देउवाले बताएका छन् । जनप्रतिनिधिलाई समस्या सुनाउँदा उल्टै अनेक बाहना बनाएर जिम्मेवारीबाट पन्छिने काम गर्ने गरेको उनको गुनासो छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार