आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय मण्डलको आज बिहान २:४० बजे उपचारका क्रममा निधन भएको थियो । मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति थापाले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कठिन घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै थापाले मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

“यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” थापाले भनेका छन्, “यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु । स्वर्गीय विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार