ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको फेरि तीन स्थान सुधार

६ जेठ, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५९ भएको छ ।

गत साता दीपेन्द्र ३१औं स्थानबाट २८औं स्थानमा उक्लिएका थिए । उनको रेटिङ अंक त्यसबेला १५३ थियो । त्यसयता ६ अंक बढेको हो ।

घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट उनको वरियतामा सुधार भइरहेको छ । यसअघि ओमान र यूएईसँग भएको शृंखलाका ४ खेलमा उनले २ अर्धशतक र १ शतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ विकेट पनि लिए ।

यस्तै अहिले भइरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन् । स्कटल्यान्डसँगको पहिलो खेलमा ५५ रन बनाएका थिए ।

अमेरिकासँगको खेलमा ४ विकेट लिँदा ब्याटिङमा भने उनको पालो आएन । त्यसपछि स्कटल्यान्डसँग सोमबार भएको खेलमा ब्याटिङमा २ रन मात्र बनाउँदा बलिङमा १ विकेट लिए ।

टी-२०आई अलराउन्डरको वरियतामा भने दीपेन्द्र चौथो स्थानमै यथावत् छन् ।

अलराउन्डरकै वरियतामा सन्दीप लामिछाने ३ स्थान माथि उक्लँदै ६८औं स्थानमा छन् । ललित राजवंशी १२ स्थान माथि उक्लिएर ७६औं स्थानमा छन् ।

गुल्शन झा १५ स्थान माथि उक्लिएर ८७औं स्थानमा छन् भने करण केसी ५ स्थान तल झरेर ८९औं स्थानमा पुगेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार