तोलामा २५ सयले बढ्यो सुन, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी, चाँदी २०५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८१५ रुपैयाँ ताेकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार