कैलालीमा वडाध्यक्ष बमले चलाएको गाडी दुर्घटना, चौधरीको मृत्यु

धनगढी : कैलालीको कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ईप्सा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज सोही पालिकाका वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशाबाट जाँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ की अन्दाजी ३५ वर्षीया ईप्सा चौधरीलाई उपचारका लागि धनगढी ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा गाडी चालक ४० वर्षीय बमको मुखमा चोट लागेको बताइएको छ। यस्तै सोही गाडीमा सवार ५० वर्षीय तारा चौधरीको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने  ३४ वर्षीय बलिराम चौधरीको शरीर र बायाँ हातमा, अवस्था ३१ वर्षीय कमलेस चौधरीको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बुझिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार