घुस लिएको आरोपमा त्रिभुवन विमानस्थलका भन्सार अधिकृत सहित ३ जना अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।

उनलाई अख्तियारको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

उनका अनुसार सहयोगी गणेशप्रसाद र नायब सुब्बा छवि प्रसादको साथबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

उनीहरूको साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ।

Laxmi bank

‘हामीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ न्यौपानेले भने। 

Ncell

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार