शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

  • काठमाडौं । काठमाडौँको शंकरापुर नगरपालिका-३ स्थित जहरसिंहपौवा-साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।
  • काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गए राति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
  • यसअघि बाँकेको कोहलपुर नगरपालिका-५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
  • ३३ जना घाइतेको उपचार जारी छ । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कँदा बस दुर्घटनामा परेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार