सपना लिएर गएका विपिन, अब सम्झनामा मात्रै बाँकी

धनगढी : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यो साँझ सम्झनासँगै हृदय नै पोल्छ। उत्साह, उमंग र नयाँ सपनाका साथ विपिन जोशी र उनका साथीहरू इजरायलको यात्रामा निस्किँदै थिए। काँधमा ब्याग, निधारमा टीका, अनुहारमा मुस्कान— भविष्यप्रतिको आशा झल्किएको थियो। त्यो मुस्कानले परिवारको मनमा पनि नयाँ भरोसा जगाएको थियो— “अब हाम्रो छोरा परदेशमा उज्यालो खोज्नेछ, सफल भएर फर्किनेछ।”

तर नियतिले त्यो मुस्कान सधैंका लागि खोस्यो। इजरायलमा उनले भोग्नुपरेको पीडा, युद्धको कहर र अन्ततः नफर्किने अवस्थाले केवल उनको परिवार मात्र होइन, सिंगो राष्ट्रको मन पोलायो।

Galaxy

नेपालका हजारौं युवाहरूले विपिनजस्तै सपना बोकेर विदेशको बाटो समाउने गर्छन्— पढाइ, रोजगारी, र उज्यालो भविष्यका खोजमा। तर ती मध्ये कति फर्किन्छन्? कति फर्किँदा पनि शरीर मात्र आउँछ, सपना त परदेशमै चकनाचुर भइसकेका हुन्छन्।

विपिनको यात्रा अब स्मृतिमा मात्र बाँकी छ। उनले बोकेका आशाहरू, परिवारका अपेक्षाहरू, र देशले दिएको विदाइ-सबै अधुरा बने।
यो केवल एक विपिनको कथा होइन, यो कथा हो हजारौं नेपाली युवाहरूको, जसले आफ्नो माटो छोडेर परदेशमा पसिना बगाउँछन् र कहिलेकाहीँ सधैंका लागि त्यही माटोमा हराउँछन्।

अब प्रश्न उठ्छ ?
कति समयसम्म हामी आफ्ना युवालाई “रोजगारीका लागि विदेशिनु” नै भाग्य ठान्ने?
कति समयसम्म हामी आफ्ना छोराछोरीलाई परदेशी माटोमा गुमाउँछौं?

विपिन फर्किएनन्, तर उनले हामीलाई एउटा ठुलो प्रश्न छोडेका छन् ?
“के कहिल्यै हाम्रो देशमा यस्तो अवस्था आउँछ, जहाँ युवाले आफ्नो माटोमै भविष्य खोज्न सकून्?”

त्यो प्रश्नको जवाफ दिनु अब हामी सबैको जिम्मेवारी हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार