त्रिनगर माध्यमिक विद्यालयको भनाइ — ‘बलात्कार आरोपित व्यक्तिको विद्यालयसँग औपचारिक सम्बन्ध छैन

धनगढी – त्रिनगर माध्यमिक विद्यालय धनगढीले केही अनलाइन मिडियामा आएको विद्यालयप्रति बलात्कार जस्तो गम्भीर आरोप सम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। विद्यालय प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा मुछिएका व्यक्ति विद्यालयको शिक्षक वा अधिकृत प्रशिक्षक नभएको स्पष्ट पारेको छ।

विद्यालयका प्रधानाध्यापक भूपाल खड्काका अनुसार, ती व्यक्ति विद्यालयका पूर्वविद्यार्थी हुन्, जसलाई विद्यालयको पठनपाठन समयपछि खेल मैदान प्रयोग गर्न केवल मौखिक रूपमा अनुमति दिइएको थियो। उनी कुनै आधिकारिक प्रशिक्षक नहुनुका साथै विद्यालयको नियमित कर्मचारी वा कार्यक्रमसँग पनि संलग्न छैनन्।

Seti Hospital

“विद्यालयले ती व्यक्तिलाई केवल पूर्व विद्यार्थीको हैसियतले केही समय खेल मैदान प्रयोग गर्न दिनेको हो,” विज्ञप्तिमा उल्लेख छ, “तर ती गतिविधि विद्यालयको औपचारिक कार्यक्रम अन्तर्गत पर्दैनन्।”

विद्यालय प्रशासनले घटनाको छानबिन र दोषीमाथि कानुनी कारबाहीको समर्थन गर्दै विद्यालयको नाम जोडेर तथ्यहीन प्रचार नगरिन अनुरोध गरेको छ। साथै, सत्य तथ्यको आधारमा मात्रै समाचार सम्प्रेषण गर्न मिडियाप्रति आग्रह गरिएको छ।

विद्यालयले शिक्षाको पवित्रतालाई अपमान गर्ने कुनै पनि व्यवहारप्रति शून्य सहनशीलताको नीति लिएको भन्दै, नियोजित रूपमा विद्यालयको छविमा आँच पुर्याउने प्रयासप्रति कडा आपत्ति जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार