नेप्से २२.३५ अंकले घट्यो, आठ अर्ब ३७ करोडको सेयर कारोबार

काठमाडौं : लगातार ६ कारोबार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार २३) घटेको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशतले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ ।  

यस दिन आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार (असार २२) नौ अर्ब ५० करोड रुपयाँको सेयर खरिद–बिक्री भएको थियो । ३९ कम्पनीको सेय रमूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ । माथिल्लो मैलुङ खोलाखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ ।

आइतबार १० प्रतिशतले बढेको नेपाल फाइनान्सको सेयर मूल्य आज ५.३९ प्रतिशतले घटेको छ । राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ०.६१ प्रतिशतले वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०७ प्रतिशतले बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार