सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमाथि छलफल सुरु

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु हुने भएको छ। सभामा बजेट प्रस्तुत भएको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु गर्न लागिएको हो।

बजेटमाथि छलफलका लागि आज दिनको ४ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले बताए। गत असार १ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको बजेट प्रस्तुत गरेका थिए। 

सभामा आजदेखि लगातार तीन दिनसम्म बजेटमाथि छलफल गरेर असार १७ गते बजेट पारित गर्ने तयारी छ। केही दिन अगाडि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १७ गतेसम्म बजेट पारित गर्ने निर्णय गरेको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार