बर्दगोरिया गाउँपालिकाले ल्यायो १ अर्ब २ करोडको बजेट

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले १ अर्ब २ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको १६औँ गाउँसभामार्फत उपाध्यक्ष गणेशराज गिरीले आगामी आर्थिक वर्ष २०८२ ८३ का लागि एक अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

जस अन्तर्गत चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पूँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Seti Hospital

त्यस्तै, गाउँपालिकाले सामाजिक सुरक्षातर्फ २७ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने आन्तरिक आय ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ र राजस्व बाँडफाँटबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गरिएको उपाध्यक्ष गिरीले बताएका छन् ।

गाउँपालिकाले अन्तर सरकार वित्तीय हस्तान्तरणबाट ५२ करोड २७ लाख रुपैयाँ प्राप्त गरेको छ । अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार