धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ करोड माछाका भुरा उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यस्तो घोषणा गरेका हुन् ।
उनले आगामी आर्थिक वर्षमा ५ करोड माछाका भुरा उत्पादन गरी मत्स्य व्यवसायको प्रवर्द्धन र बजारीकरण गरी मत्स्य पालनमा प्रदेशलाई आत्मनिर्भर बनाइने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै प्राकृतिक तालमा माछा पालन तथा सुधारका लागि एक करोड १५ लाख विनियोजन गरिएको थापाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्