बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको ४० लाख सहयोग

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई ४० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सहायता रकम बूढीगङ्गा नगरपालिकालाई उपलब्ध गराइने तथा जानकारी दिँदै आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भएपछि सरकारले थप सहयोगबारे निर्णय गर्ने बैठकपछि मुख्यमन्त्री शाहले बताए । बैठकले अग्निपीडितलाई १५ थान टेन्ट, ३४ कम्बल र ३४ थान त्रिपाल प्रदान गर्ने निर्णय गरेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा ३१ घरपसल नष्ट हुनाका साथै १५ करोड बराबरको धनमाल क्षति भएको सुरक्षा निकायले जनाएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार