भष्टाचार मुद्दाका दोषी बस्नेत तीन वर्षपछि पक्राउ

रासायनिक मल भ्रष्टाचार मुद्दाका दोषी पक्राउ परेका छन् । आइतबार  भ्रष्टाचारका दोषी रामधुनी-७ का खगेन्द्र बस्नेतलाई  इलाका प्रहरी कार्यालय पकलीको टोलीले पक्राउ गरेको हो । बस्नेतविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । 

बस्नेतविरुद्दको भ्रष्टाचार मुद्दामा विशेष अदालतको २०७९ भदौ २८ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा २ वर्ष ६ महिना कैद र  ९ लाख २८ हजार ६७५ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

Seti Hospital

विशेषको फैसलापछि फरार रहेका बस्नेतलाई प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।  बस्नेतलाई पक्राउ गरेपछि अदालतको फैसला कार्यान्वयन लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार