सदनको अवरोध खुलाउन सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

काठमाडौं : सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध भएपछि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।  नयाँ बानेश्वरस्थित संसद भवनको सभामुखको कार्यकक्षमा बैठक बसिरहेको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।

Seti Hospital

एमाले-कांग्रेसले भने यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले गृहमन्त्रीको राजीनामा आवश्यक नभएको बताएका छन्। 

विपक्षी दलको अडानका कारण जेठ १३ गतेदेखि संसद प्रभावित हुँदै आएको छ। जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले त्यसयता निरन्तर अवरोध गर्दै आएका छन्।

संसदको गतिरोध हटाउने विषयमा सभामुख घिमिरेले विपक्षी दलहरूसँग पटकपटक छलफल गर्दै आएपनि सहमति जुट्न सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार