भन्सार प्रमुख कुटपिट घटनाबारे नगर प्रहरी निरीक्षक धामीलाई २४ घण्टे स्पष्टिकरण

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको घटनामा धनगढी उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले सो घटनाका सम्बन्धमा स्पष्टिकरण पेस गर्न आइतबार पत्र पठाएका हुन् । शनिबार राति भन्सार कार्यालयका प्रमुखलाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भिडियो बाहिरिएको छ ।

Seti Hospital

उपमहानगरले सामाजिक सञ्जाल र विभिन्न मिडियामा नगरप्रहरी निरीक्षक धामीसँग जोडिएर समाचार आएकोले सो सम्बन्धमा के कसो भएको हो ? उक्त घटनाका सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी सत्यतथ्य व्यहोराको स्पष्टिकरण पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट उचित कारण सहित पेस गर्न भनेको छ ।

समयमा स्पष्टिकरण नआएमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरी (व्यवस्थापन) कार्यविधी (संशोधन समेत) २०७९ तथा अन्य प्रचलित कानुन अनुसार कारबाही हुने पत्रमा भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार