शैलेश्वरी बोर्डिङ स्कुलमा ३५५ नवआगन्तुक विद्यार्थी र शिक्षकहरूलाई भव्य स्वागत, विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

भक्तराज जोशी

धनगढी — शैलेश्वरी बोर्डिङ स्कुलले आज मिति २०८२ जेठ ९ गते, शुक्रबारका दिन शैक्षिक सत्र २०८२ मा नव भर्ना भएका ३५५ जना विद्यार्थी तथा शिक्षकहरूलाई स्वागत गर्दै एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीहरूलाई शिक्षाको यात्रामा सफलताको शुभकामना दिंदै हार्दिक स्वागत गरेका थिए। स्वागत समारोहसँगै विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, कविता वाचन, नाट्य प्रस्तुति लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा रंग थपेको थियो।

विद्यालयका प्रधानाध्यापक जगन्नाथ जोराले नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूको सर्वांगीण विकास र गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध रहेको बताए। उनले भने, “शिक्षा भनेको केवल किताबी ज्ञान मात्र नभई व्यवहार, कला, संस्कार र सिर्जनशीलताको समन्वय हो। हामी त्यसैको अभ्यास गर्दै आएका छौं।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार