वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

भक्तराज जोशी

काठमाडौं– चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गरेका छन् ।
 
त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । 

दुई देशबीच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उनको भनाइ थियो । 
 
मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनर्स्थापना, विपद् जोखिम न्यूनीकरण र मरुभूमि तथा सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधारमा संयुक्त सहकार्य, काठ प्रशोधन, बाँस र बेतका उत्पादनहरू विकास, वन्यजन्तु पालन आदिमा चीनबाट प्राविधिक सहयोगलगायत विषयमा सहकार्यका लागि आग्रह गरेका थिए । उनले नेपालबाट दुईवटा गैँडा हस्तान्तरण गर्ने प्रक्रियालाई अन्तिम रूप दिने कार्य अघि बढेको अवगत गराए । 
 
चीनको बेइजिङमा अन्तर्राष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) परिषद्को १३औँ बैठकको अध्यक्षता गर्न शाही चीन भ्रमणमा गएका हुन् । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो ।
 
मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य तथा १३औँ परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रमहरू र १३औँ परिषद् बैठकको नतिजा कार्यान्वयन गर्न तथा सहयोगका थप अवसरहरू खोज्न सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका थिए । 

Seti Hospital

सन् १९९७ मा स्थापित अन्तर्राष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दछ । –रासस
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार