धनगढी : मञ्जुश्री फाइनान्सको धनगढी ब्रान्च देशभरमै उत्कृष्ट बनेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा धनगढी ब्रान्च देशभरमै सबैभन्दा उत्कृष्ट ब्रान्च बनेको हो । धनगढी ब्रान्चका ब्रान्च मेनेजर हेमराज बिनाडी हुन् ।
उत्कृष्ट ब्रान्चको प्रमाणपत्र ग्रहण गर्दै ब्रान्च मेनेजर बिनाडीले खुसी व्यक्त गरेका छन् । उनले देशभरमै उत्कृष्ट ब्रान्च बन्न सहयोग गर्ने ब्रान्चका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवादसमेत दिएका छन् ।
‘कडा परिश्रम, प्रयास र समर्पणका लागि सम्पूण शाखाका कर्मचारीहरुलाई धन्यवाद ।’, ब्रान्च मेनेजर बिनाडीले भने, ‘त्यस्तै, व्यवस्थापन टोलीलाई पनि समर्थन र मार्गदर्शनका लागि धन्यवाद ।’
प्रतिक्रिया दनुहोस्