धनगढी बसपार्कमा फोहोरको बिजोग, उपमहानगरपालिकालाई ‘बाल मतलब’ ! (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । बसपार्क आफैँमा धनगढीको मुटु हो । सुदूरपश्चिमका सम्पूर्ण जिल्लासँगै अन्तरप्रदेशबाट आउने र धनगढीबाट बाहिरिनेहरु पनि सुरुमै बसपार्क नै पुग्छन् । तर सबैभन्दा धेरै सफा र सुन्दर हुनुपर्ने धनगढी बसपार्क झन् कुरुप बनेको छ । 

धनगढी बसपार्कमा फोहोरको डंगुर छ । बसपार्कका हरेक कुना फोहोरले भरिएका छन् । डस्टबिनमा हुनुपर्ने फोहोर यत्रतत्र छरिएका छन् । 

Seti Hospital

त्यसो त केही समयअघि बसपार्कको फोहोरको विषयमा कल २४ न्युजले समाचार लेखेपछि बसपार्क क्षेत्र सरसफाइ गरिएको थियो । ट्वाइलेट, खानेपानीका धारा मर्मत गरिएका थिए भने ठाउँठाउँमा डस्टबिन राखिएको थियो । त्यसको केही समय बसपार्क सफा भए पनि फेरि धनगढी बसपार्क पुरानै अवस्थामा फर्किएको छ । 

तर बसपार्क क्षेत्र सफा गर्ने विषयमा न धनगढी उपमहानगरपालिकाले ध्यान दिएको छ, न बसपार्क सञ्चालनसँगै सरसफाइ र मर्मतको ठेक्का लिएको ठेकेदार कम्पनीले चासो दिएको छ । बरु दुवै निकाय सरसफाइप्रति मौन हुँदा बसपार्कसँगै धनगढीको सौन्दर्यता खस्किँदै गएको छ ।

यसै पनि धनगढी उपमहानगरपालिकामा प्लाष्टिकजन्य सामाग्री बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । तर प्रतिबन्धका बाबजुत पनि बसपार्क क्षेत्रमा खुलेयाम प्लाष्टिकजन्य पदार्थ बिक्रीवितरण भइरहेको छ । जसमा धनगढी उपमहानगरपालिकाको ध्यान जान सकेको छैन । अझ बसपार्कको फोहोरले धनगढीको सौन्दर्यता मात्र बिगारेको छैन, बरु फोहोर र प्लाष्टिकरहित धनगढीको परिकल्पनालाई नराम्रोसँग गिज्याएको छ । बसपार्कको फोहोर फोटो फिचरमा हेर्नुहोस्ः 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार