१४४ प्रहरीको टोलीद्वारा स्वर्गीय प्रहरीका परिवारलाई आर्थिक सहयोग

धनगढी । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रण बहादुर चन्दसहितको टोलीले स्वर्गीय प्रहरीका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

जागिरे जीवनको १८ वर्ष पूरा गरी १९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा १ सय ४४ जना प्रहरी कर्मचारीहरुले स्वर्गीय प्रहरी हवल्दार योगेन्द्र बहादुर चन्द र प्रहरी हवल्दार लोकेन्द्र खडायतको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

khadya

उनीहरुले सेवाकै क्रममा साहदत प्राप्त गरेको थिए । आफूहरुसँगै सेवा प्रवेश गरेका दुवैजनाको परिवारलाई जीविकोपार्जनमा सहयोग होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको डिएसपी रण बहादुर चन्दले जानकारी दिएका छन् ।

डिएसपी चन्दका अनुसार प्रहरी हवल्दार योगेन्द्र बहादुर चन्दको परिवारलाई ७० हजार द्ध सय ९६ रुपैयाँ र प्रहरी हवल्दार लोकेन्द्र खडायतको परिवारलाई ६७ हजार ३१ रुपैयाँ राहत स्वरुप उपलब्ध गराइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार