फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउने

सावित्री जोशी


धनगढी :
सरकारले माघ १८ देखि फागुन १९ महिना भरी अर्थात् फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउने भएको छ । आयोडिनको कमीबाट मानव शरीरमा हुने स्वास्थ्य समस्यालाई निवारण गर्न विभिन्न जनचेतना मूलक कार्यक्रम उक्त महिनाभरि गरेर आयोडिन मन्थ मनाउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक तेज बहादुर कुंवरले बताए छन् ।

उनका अनुसार युनिभर्सल साल्ट आयोडाइजेसन युएसआई को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ। साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईबालबालिका चिन्ह अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्रीवितरण तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुंवरको भनाई छ ।

khadya

आजदेखि सुरु हुने आयोडिन मन्थमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने छ र उक्त अवसरमा आयोडिनको महत्त्वबारे जनचेतना जगाउन कार्यक्रम पनि सधैंका वर्ष झै यसवर्षपनि सञ्चालन गर्न लागेको उनको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार