धनगढी : अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र १२ को सिमानास्थित कनरी नदीमा किसानहरु बेमौसमी खेती गर्नमै व्यस्त छन् ।
खासगरी हिउँद महिनामा खेतीका लागि सही र योग्य हुने भएपछि किसानहरु खोलाको बगरमै तरकारी खेती गरेका हुन् ।
अहिले कनरी नदीको बगरमा किसानहरुले करेला, काँक्रा, खर्बुजा, लौका र फर्सी प्रशस्तै लगाएका छन् । दर्जनौँ किसानहरुले उक्त क्षेत्रलाई तरकारी खेतीका लागि पकेट क्षेत्र नै घोषणा गरेर विभिन्न जातका तरकारीहरु लगाएका छन् ।
यसले नदी बगर हरियाली मात्र भएको छैन बरु दर्जनौँ किसानको दैनिकसँगै परिवार पनि चलेको छ । हरेक वर्ष यहाँ किसानहरुले बेमौसमी तरकारी खेति गर्छन् । यहाँ उब्जनी भएका तरकारीहरु स्थानीय बजारसँगै जिल्ला र जिल्ला बाहिरका अन्य जिल्लाहरुमा पनि निर्यात गरिने किसानहरुले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुस्ः





प्रतिक्रिया दनुहोस्