धनगढी । सुदूरपश्चिम प्रदेशबाट विदेश जानेहरु घटेका छन् ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि विदेश जानेको संख्या १२.५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशबाट २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । ज
जसमध्ये २१ हजार ७ सय ४३ जना पुरुष छन् भने २ हजार २ सय ८२ जना महिला रहेका छन् ।
त्यसअघिको वर्षमा सुदूरपश्चिम प्रदेशबाट २५ हजार ९ सय ३७ जना पुरुष र एक हजार ५ सय २६ जना महिला गरी कुल २७ हजार ४ सय ६३ जनाले श्रम स्वीकृति लिएका थिए । जुन गत आर्थिक वर्षको तुलनामा ३ हजार ४ सय ३८ जनाले धेरै हो ।
प्रतिक्रिया दनुहोस्