काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी ऋण प्रवाह गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ५१ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ ऋण प्रवाह गरेका हुन् ।
जुन देशभरको प्रवाह भएको कुल कर्जाको ३ प्रतिशत हो ।
बैंक तथा वित्तीय संस्थाले देशभर २०८१ असारसम्म ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर ऋण प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कर्जामध्ये सबैभन्दा धेरै कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । २०८१ असारसम्म सेवा क्षेत्रमा १ खर्ब १० अर्ब ७१ करोड ५६ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४४ प्रतिशत धेरै हो ।
प्रतिक्रिया दनुहोस्