कार्कीले सेनाको अधिकृत भन्दै झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ

Call24News

काठमाडौं : नेपाली सेनाको अधिकृत भएको झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की रहेका छन्।

कार्कीले आफू नेपाली सेनाको अधिकृत भएको झुटो विश्वास दिलाई पीडितसँग सुनका गहना धितो राखेर ३ लाख रुपैयाँ लिएको र त्यसपछि फरार भएको आरोप छ।

घटनाको अनुसन्धानका क्रममा ललितपुरस्थित प्रहरी अनुसन्धान टोलीले कार्कीलाई पक्राउ गरेको हो। पक्राउ परेपछि उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुर पठाइएको छ।

प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै पीडितको धन फिर्ता गर्न पहल गरिरहेको जनाएको छ। साथै, ठगीविरुद्ध सचेत रहन सर्वसाधारणलाई अपिल पनि गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार