धनगढी । नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका २ मा फोहोरको डस्टबिनमा शिशुको शव फालेको आरोपमा प्रहरीले एक किशोर र किशोरीलाई पक्राउ गरेको हो ।
डस्टबिनमा शिशुको शव फेला परेपछि कुकुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी किशोरी कक्षा ९ मा पढ्छिन् । उनले आफैँले उक्त शिशु डस्टबिनमा फालेको स्वीकारेकी छिन् । प्रहरीका अनुसार उक्त शिशु जन्मिएको ५ ६ दिन भइसकेको पाइएको छ ।
अनुसन्धानका क्रममा किशोरीको बयानका आधारमा १८ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकी किशोरीका बुवाको मृत्यु भइसकेको छ भने आमा रोजगारीको शिलशिलामा दुबईमा छिन् । अझै पनि सालनाल झरिनसकेकोले ति किशोरीलाई जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किशोर र किशोरी दुवै नाबालक भएकाले दुवैको परिचय भने खुलाइएको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दनुहोस्