बैतडीको एक स्वास्थ्य चौकीमा न पानी न बिजुली

Call24News

बैतडी: स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् । स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टलगायतको टिम स्वास्थ्य संस्थाको अनुगमनमा जाँदा सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा देखिएको समस्या हो यो । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि बस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताइन्।

पूर्वको भोजपुर घर भएकी सबिनाले सुदूरपश्चिमको बैतडी जस्तो दुर्गममा बसेर स्वास्थ्य सेवा गर्ने आफ्नो रहर करमा बदलिएको बताइन् । उनि भन्छिन्, “स्वास्थ्य चौकीमा बत्ती र पानीको धारा छैन । सोलार बिग्रेपछि टर्च बालेर स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको छ ।” बिग्रेको सोलार देखाउँदै अनमी कार्कीले स्वास्थ्य चौकीको दयनीय अवस्था देखेर सेवाग्राही नै कम आउने गरेको बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार