सुदूरपश्चिम प्रदेश सरकारका आन्दोलित कर्मचारीले मन्त्री र सांसदको तलबभत्ता रोक्ने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका आन्दोलित लेखा समूहका कर्मचारीले मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलबभत्ता रोक्ने भएका छन् । वृत्ति विकासको माग गर्दै आन्दोलनरत कर्मचारीले मन्त्री र सांसदको तलबभत्ता रोक्ने भएका हुन् ।

आइतबार बसेको आन्दोलनरत कर्मचारीहरुको बैठकले चरणबद्ध आन्दोलनको घोषणा गर्दै मन्त्री र सांसदको तलबभत्ता रोक्ने निर्णय गरेको आन्दोलतरत कर्मचारीहरुले बताएका छन् ।

khadya

उनीहरुले आफूहरुको माग र मुुद्दामा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलन गर्नेसमेत निर्णय गरेका छन् ।

चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले पुष २५ गतेदेखि लेखाका सबै काम रोक्ने र पेन डाउनसहित धर्ना दिने जनाएका छन् । साथै मुख्यमन्त्री, मन्त्रीहरु र सांसदको तलबभत्ता रोक्नेसमेत उनीहरुले घोषणा गरेका छन् । यस्तै पुष २२ गतेदेखि २४ गतेसम्म प्रदेशका ९ जिल्लाका प्रदेश लेखा कार्यालयमा लेखाका सबै कर्मचारी जम्मा भएर छलफल गर्ने निर्णय पनि भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार