काठमाडौं । ‘हनिट्रयाप मुद्दा’ मा फरार रहेकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ‘सुटुक्क’ अदालतमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् ।शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फेला पार्न सकेको थिएन ।
उनी प्रहरीलाई चक्मा दिँदै अदालत पुगेकी हुन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको स्रोतले जनाएको छ । इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापा समेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा शाही फरार थिइन् । उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइ दिने भन्दै हनिट्रयाप समूहसँग मिलेर ३० लाख रुपैंयाँ रकम असुलेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्