सिमरा विमानस्थलमा कार्यरत प्रहरीको शव भेटियो कारभित्र

Call24News

बारा : बाराको सिमरा विमानस्थलमा कार्यरत एक जना प्रहरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ।

शनिबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ दुधौरा खोला पुलनजिक कारभित्र राजकुमार रूम्बाको शव फेला परेको हो।

Seti Hospital

उनी जीतपुर सिमरा-१ घर भई सिमरा विमानस्थलमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए।बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारभित्र शव फेला परेको हो। उनको हत्यामा प्रहरीले कुनै क्लु फेला पारेको छैन।

इलाका प्रहरी कार्यालय सिमराले यस घटनाको अनुसन्धान गरिरहेको छ। कार्यालयका प्रमुख डिएसपी चिरञ्जिबी दाहालका अनुसार रूम्बाले आफ्नै कार चलाएका थिएनन्।

उनले राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीसँग मागेर कार चलाएको खुलेको छ। प्रहरीले उनीसँग पनि घटनाबारे सोधपुछ गरेको छ।
‘बेलुकी साढे ९ बजेतिर कार मागेर लगेको देखिन्छ। एक्लै गएको भन्ने बुझिन्छ तर के हो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘अहिले केही फेला परेको छैन।’मृतक रूम्बाको टाउकोमा चोट लागेको छ। तर केले प्रहार गरेको भन्ने खुलेको छैन।


गोली प्रहार गरेको भनिए पनि पोष्टमर्टमको रिपोर्टबाट मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार