२१ औँ खेलमा काठमाडौँलाई हराउँदै जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ ।

टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो । जनकपुरका लागि जिमी निसमले सर्वाधिक २७ रनको योगदान दिए । उनले १७ बलमा एक चौका र ३ छक्का प्रहार गरे ।

ओपनर लाहिरु मिलान्थाले २० बलमा १६ रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान अनिल साहले १० बलमा ११ रन जोडे । उनले एक चौका हिर्काए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार