पोखरालाई हराउँदै कर्णालीको ७ विकेटको तेस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको दोस्रो खेलमा कर्णालीले पोखराविरुद्ध ७ विकेटको जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

यो कर्णालीको तेस्रो जित हो भने पोखराको तेस्रो हार हो। कर्णालीले यसअघि ४ खेलमा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, काठमाडौंसँग ३ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराएको कर्णालीले चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको हो। कर्णालीका लागि गुल्सन झाले सर्वाधिक  रन बनाए। उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४९ रनमा अविजित रहे। 

khadya

उनीसँगै विलियन बोसिस्टो २ रनमा अविजित रहे। पावरप्लेमा २ विकेटको क्षतिमा २७ रन बनाएको कर्णालीका लागि तेस्रो विकेटका लागि वाल्टनले गुल्सन झासँग ६० रनको अर्धशतकीय साझेदारी गरे। तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका चाड्विक वाल्टनले ४२ रन बनाए। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। 

दुई ओपनर देव खनाल र बाबर हायातलाई सस्तैमा गुमाएको कर्णालीको लागि तेस्रो विकेटको साझेदारीले खेलमा फर्कायो।
पोखरा एभेन्जर्सका लागि विपिन खत्री, कुशल भुर्तेल र सागर ढकालले १/१ विकेट लिए। 
त्यसअघि, टस जितेर ब्याटिङ गरेको पोखराका लागि ओपनर दिनेश खरेलले सर्वाधिक २६ रन बनाए। दिनेशले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

अर्का ओपनर एन्ड्रिज गोउसले १२ बलमा ४ चौका र १ छक्का सहित २५ रन जोडे। कप्तान कुशल भुर्तेलले  १० रन बनाए। रेमोन रिफरले २० रन बनाए भने विपिन खत्रीले १० रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

१६.३ ओभरमा १०३ रनमा पोखरालाई समेट्न कर्णालीका तीव्र गतिका बलर विलियन बोसिस्टोले सर्वाधिक ६ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिए। उनले कप्तान कुशल भुर्तेल, क्रिच्ले, दिलिप नाथ, माइकल लिस्क, नारायण जोशी, रेमोन रिफरलाई आउट गरेका हुन्।

कर्णाली याक्सका लागि विपिन शर्मा, युनिस विक्रम सिंह र सोमपाल कामीले समान १÷१ विकेट लिए। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन, दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार पछि पहिलो जितका रुपमा लुम्बिनीलाई १० विकेटको जित हात पारेको हो। 

दशौं दिनको पहिलो खेल सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिच हुनेछ। दोस्रो खेल काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबिच हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार