सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं : बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ ।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ । विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो ।

धनगढी सूचना

अर्को, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ ।

यसैबीच, माइक्रोफाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन ।

खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरुमा इङ्वा हाइड्रोपावर ९९.७ प्रतिशत०, स्वाभिमान लघुवित्त ९९.४ प्रतिशत०, अपरहेवाखोला ९८.७ प्रतिशत०, माथिल्लो मैलुङखोला जलविद्युत ९८.३ प्रतिशत०, र सूर्योदय लघुवित्त ९७.८ प्रतिशत० रहेका छन् ।

विपरीत, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ । साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत, नेपाल फाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार