कृषि विकास बैंकबाट ऋण लिन पावर लगाउनु पर्छ ? के भन्छन बैंकका मेनेजर ?

सावित्री जोशी

धनगढी : नाम कृषि भए पनि कृषि विकास बैंकबाट किसानले ऋण पाउँदैनन् भन्ने चर्चा व्यापक छ बजारमा । अझ पहुँच र पावर नभए त ऋणका लागि बैंक छिर्नै गाह्रो छ भन्छन् धेरैले । 

सरकारी लगानीको बैंक भनिए पनि सरकारी नीति अनुसार बैंक चलेको छैन भन्ने भाष्य स्थापित भइरहेका बेला कृषि विकास बैंकको धनगढी शाखाका शाखा प्रबन्धक मुकेश केसीले भने वास्तविकता त्यस्तो नभएको बताएका छन् । 

khadya

उनले बैंकमा बैंकिङ कारोबार गर्न आउनेहरुलाई बैंकको नीति र प्रक्रिया अनुसार नै व्यवहार गर्ने गरेको बताएका छन् । ‘बाहिर जस्तो हल्ला छ खासमा स्थिति त्यो भन्दा धेरै फरक छ’, उनले भने, ‘पहुँचका आधारमा मात्रै ऋण वा अनुदान दिइन्छ भन्ने मानसिकता गलत हो ।’ 

त्यस्तै, उनले आफूहरुले बैंकमा कर्जा लिन आउने ग्राहकहरुको कागजपत्र र योजनाका आधारमा मात्रै ऋण वा अनुदान प्रदान गर्ने गरेको बताएका छन् । यतिसम्म कि सुरुमा बैंकमा ऋण वा अनुदान माग्न आउनेहरुको योजना हेर्ने र उत्कृष्ट योजना भए त्यसलाई मुख्य प्राथामिकतामा राखेर काम गर्ने गरेको केसीले बताएका छन् । 

‘हामीले बैंकमा आउनेहरुको योजना र कागजात हेर्छौं’, केसीले भने, ‘राम्रो योजना लिएर आउनेलाई प्राथामिकतामा राखेर प्रक्रिया अघि बढाउछौँ ।’ 

त्यसो त बैंकबाट प्रदान हुने सेवा, ऋण र अनुदानसँगै प्रक्रियाका विषयमा थाहा नहुँदा पनि धेरैमा बैंकप्रति गलत मानसिकता विकास भएको केसीको भनाई छ । उनले सरकारबाट प्रदान गरिने अनुदान र प्रक्रियाका विषयमा बुझ्न आग्रह गर्दै ऋण अनुदानमा बिचौलियाको हालिमुहाली हुन्छ भन्ने गलत मानसिकता नपाल्न पनि आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार