इन्टरनेसनल मोडेल स्कुलले गरेको सामूहिक बिमाबाट अभिभावक तथा शिक्षकलाई राहत

धनगढी : धनगढीमा रहेको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलले शिक्षक कर्मचारी र विद्यार्थीका लागि सामूहिक विमा गरेको छ। स्कुलले गरेको सामूहिक बिमाबाट एक जना विद्यार्थीलाई उपचार खर्च प्राप्त भएकोे हो।

स्कूलले नेको इन्स्योरेन्ससँग सम्झौता गरी जुनसुकै बेला घाइते बिरामी भएर अस्पतालमा उपचार गर्नु परे विद्यार्थी, कर्मचारी र शिक्षकलाई एक लाखसम्मको उपचार खर्च उपलब्ध गराउने गरेको छ।

धनगढी सूचना

सो विद्यालयमा अध्ययनरत एल के जी की छात्रा सोनिया कठायतको हात भाँचिएकोमा सोही सम्झौताअनुसार उपचारपछि उनको उपचारमा लागेको ३२ हजार ६ सय २५रुपैयाँ इन्स्योरेन्सले उपलब्ध गराएको छ ।

सो रकम विद्यालयका प्रिन्सिपल मनोज पन्तले सोनियाका अभिभावकलाई हस्तान्तरण गरेका छन् । यस बीमा कार्यक्रमले विद्यार्थी शिक्षक तथा कर्मचारीलाई अप्ठ्यारो परेका बेलामा ठूलो राहत उपलब्ध हुने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार