गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, देशभर १२३ शाखा

काठमाडौं : गरिमा विकास बैंक १८ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको थियो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । 

विसं २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले साबिक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंकसँगको मर्जरपछि २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो ।  बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार