अछाममा देवकोटा स्मृति काव्य उत्सव सम्पन्न

धनगढी : महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज यहाँ देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ। देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव सम्पन्न भएको हो।

Galaxy

देवकोटा बन्धु समाजको आयोजनामा उत्सवमा साहित्यिक, सांस्कृतिक, देउडा अनि देउसीभैलो कार्यक्रम गरिएको थियो। देशभर छरिएर रहेका देवकोटा बन्धुहरूलाई आफ्नो इतिहासबारे जानकारी दिन उत्सव आयोजना गरिएको समाजका अध्यक्ष नवराज देवकोटाले बताए।

देवकोटाको इतिहास हराउँदै गएको अवस्थामा लक्ष्मीप्रसाद देवकोटाका पुर्खा ढकारीबाट बसाइँ सरेका तथा त्यसबारे देशवासीलाई जानकारी दिन तथा उक्त स्थललाई चिनाउन गाउँपालिकाले महाकवि देवकोटाको सालिक स्थापना गर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले घोषणा गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार