सरिताको मृत्युपछि बिचल्ली भएको परिवारलाई सहयोग रकम हस्तान्तरण

कैलाली : असोज १७ गते सुत्केरी अवस्थामा ज्यान गुमाएकी अछामको ढकारी गाउँपालिका वडा न ८ की सरिता जैशीको परिवारका ललितपुर जिल्लाका समाजसेवी मुक्ति शर्माले एक लाख रुपैयाँ सहयोग गरेका छन् समाचार प्रसारण भएपछि शर्माले पत्रकार भानुभक्त आचार्यमार्फत १ लाख रुपैयाँ सहयोग गरेका हुन् । 

आचार्यले अछामका पत्रकार टेक थापामार्फत उक्त रकम जैशीको परिवारमा पुराएका छन् । आज वडा नम्बर ६ र ८ का वडाध्यक्षहरूले उक्त रकम हस्तान्तरण गरिएको हो । पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले उपलब्ध गराएका ५ हजार रुपैयाँ पनि वडाध्यक्षले परिवारलाई हस्तान्तरण गरेका हुन् ।

Galaxy

एक साताको शिशु र अन्य तीन जनाको बिचल्ली भएको समाचारपछि स्वदेश तथा विदेश सहयोग रकम उपलब्ध भइरहेको छ। अहिले दैनिक रुपमा मृतक सरिताकी छोरी मनीषा जैशीको खातमा एक लाख राहत रकम जम्मा हुने गरेको ढकारीमा रहेको सिटिजन बैङ्कले जनाएको छ ।

सोमबार दिउसो सम्म यो खातामा ६ लाख १० हजार २ सय ९५ रुपैयाँ जम्मा भइसकेको छ भने थप एक लाख १५ हजार नगद पीडितलाई हस्तान्तरण गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार