नयाँ फिल्म ’रिमै’ को छायांकनका लागि नेपाल आईन अभिनेत्री गुरूङ

काठमाडौँ : अभिनेत्री रिश्मा गुरूङ नयाँ फिल्म ’रिमै’ को छायांकनका लागि अमेरिकाबाट नेपाल आएकी छन्।

’कबड्डी’ को पहिलो र दोस्रो श्रृंखलामा ’मैयाँ’ पात्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी उनी विवाहपछि फिल्मबाट टाढा थिइन्। श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिश्मा ’रिमै’ को छायांकनका लागि आइतवार दिउँसो काठमाडौं आएकी हुन्।

Galaxy

उनलाई स्वागत गर्न फिल्मका निर्देशक खिलबहादुर गुरूङ, अभिनेता वीरबल घलेसहितको टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। काठमाडौं आएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै रिश्माले रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताइन्।

’विशेषगरी रिमै गुरूङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ। अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु,’ उनले भनिन्।

फिल्मलाई वीरबहादुर घलेले निर्माण गर्दैछन्। फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले, माओत्से गुरुङ, वीरबल घलेको पनि मुख्य भूमिका रहनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार