अटेरी एनके कन्ट्रक्सनः न बसपार्क सफा गर्यो न नगरपालिकाको आदेश टेर्यो

भक्तराज जोशी

धनगढी । धनगढी बसपार्कमा पार्किङ सञ्चालन र सरसफाईको ठेक्का पाएको एनके कन्ट्रक्सनले नगरपालिकाको आदेशसमेत अटेर गरेको छ ।

भदौ ९ गते पत्र नै लेखेर धनगढी उमहानगरपालिकाले बसपार्क सफा राख्न, खानेपानी तथा शौचालय व्यवस्थापन गर्न ७ दिनको समय दिए पनि कन्स्ट्रक्सनले भने ८ दिन बितिसक्दासमेत उक्त पत्रको बेवास्ता गरेको हो ।

Dengue

बसपार्कको अव्यवस्थित फोहोरको बारेमा कल २४ न्युजले समाचार लेखेपछि धनगढी उपमहानगरपालिकाले एनके कन्स्ट्रक्सनलाई बसपार्क सफा राख्न निर्देशनसहितको पत्र पठाएको थियो ।

तर एनके कन्स्ट्रक्सनले भने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीको हस्ताक्षरित उक्त पत्रको पूर्ण रुपमा अटेर गरेको छ । अहिले पनि बसपार्कमा उस्तै फोहोर छ । शौचालय अव्यवस्थित छन् भने खानेपानीको धारा पनि टुटफुट भएका छन् ।

धनगढी उपमहानगरपालिकासँग भएको सम्झौता अनुसार बसपार्कको पार्किङ सञ्चालन गर्नुका साथै बसपार्क टर्मिनल भनवको तल्लो तला सञ्चालन गर्ने र बसपार्कभित्रको शौचालय, खानेपानी, सरसफाइ तथा हरियाली व्यवस्थापन गर्ने जिम्मा एनके कन्ट्रक्सनको हो । तर हाल एनके कन्ट्रक्सनले सम्झौता विपरीत काम गरिरहेको छ भने नगरपालिकाको आदेशसमेत अटेर गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार