धन्यवाद मेयारसाप !

भक्तराज जोशी

कैलाली । केही दिनअघि हामीले धनगढी-४ स्थित बसपार्कको अव्यवस्थित फोहोरको विषयमा समाचार सार्वजनिक गर्यौं । 

उक्त समाचारमा बसपार्क क्षेत्रभित्रको दुर्गन्धित शौचालय, जथाभावी फोहोर, अव्यवस्थित खानेपानीका धारा र सम्बन्धित निकायको निकम्मापनका बारेमा उल्लेख गर्नुका साथै ध्यानाकर्षण सहितको खबरदारी गरेका थियौँ ।

Dengue

पछिल्लो समय स्मार्ट र फोहोरमुक्त धनगढी बनाउने सपनामा बसपार्कको फोहोर बाधक बनेको विषयलाई समाचारमा स्थान दिएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तत्काल उक्त समाचारप्रति ध्यानाकर्षण गर्नुभएको छ ।

फलस्वरूप मेयर हमालकै निर्देशनमा बसपार्कको पार्किङ्ग, सरसफाई, हरियाली व्यवस्थापन, शौचालय र खानेपानीको उचित व्यवस्था गर्ने जिम्मा पाएको एनके कन्स्ट्रक्सन्लाई बसपार्क सफा गर्न ७ दिने अल्टिमेटम दिएको छ ।

विगत लामो समयदेखि कसैको नजर नपरेको बसपार्कको फोहोर व्यवस्थापन र सरसफाईमा धनगढी उपमहानगरपालिकाले देखाएको तदारुकता र खेलेको भूमिका प्रशंसनीय छ । 

समाचारको विषयलाई प्राथामिकता दिएर धनगढी बनाउने सत्कर्ममा मलजल गर्ने मेयर सापलाई विशेष धन्यवाद । संगै हातेमालो गर्ने सम्पूर्ण धनगढीबासी, बुद्दिजिबि, समाजसेवी र युवा वर्गमा पनि धन्यवाद । धनगढी बनाउने सत्कर्ममा हाम्रो प्रयास र खबरदारी पनि निरन्तर जारी रहनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार