मलाई धन आर्जन गर्नु छैन : प्रधानमन्त्री ओली

काठमाडौँ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार नसहेको पनि बताए । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भ्रष्टाचारबारे कुरा उठाएपछि ओलीले आफ्नो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुने कुरा भने बेग्लै भएको बताए । 

SHIKHAR COOL TECH

‘मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ । भ्रष्टाचार सहिनँ पनि । मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने, ‘राजनीतिक हिसाबले कसैले लाञ्छित गर्नका लागि हिलो छ्याप्नु बेग्लै कुरा हो ।’ उनले अगाडि भने, ‘म दावाका साथ भन्छु यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रगुप्तको अगाडि पनि  जवाफ दिन तयार छु  ।

मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन । ’उनले आफूले कुनै भ्रष्टाचार नगर्नेमा ढुक्क हुन पनि सांसदहरूलाई आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार