आज सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठुलो पानी पर्ने

धनगढी : आज सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठुलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिमसहित कोशी, मधेस, बाग्मती र गण्डकीका एक-दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको हो ।

ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको र यस्तो बेला देशभर एकैपठक ठुलो पानी पर्ने सम्भावना कम हुन्छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार