काठमाडौं : राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो पार्टीबाट उपराष्ट्रपतिको उमेद्वारमा युवा नेतालाई चयन गरेका छन् ।
ट्रम्पले रिपब्लिकन पार्टीबाट जेडी भान्सलाई उपराष्ट्रपतिको उमेदवार बनाएका हुन् । ३९ वर्षिय भान्स ओहियोबाट प्रतिनिधित्व गर्छन् ।
भान्सलाई उनका बुबाले सानैमा छोडेर हिडेका थिए । उनकी आमा समेत दुव्यर्सनीको शिकार भएकी थिइन् । उनको बाल्यकाल हजुरबुबा र हजुर आमासँग बितेको थियो ।
७८ वर्षिय ट्रम्पले आफ्नो उपराष्ट्रपतिको उमेद्वार भने युवालाई चयन गरेका हुन् । सोमबारदेखि विकिन्सनमा जारी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनबाट ट्रम्पले उपराष्ट्रपतिको उमेदवार छानेका हुन् ।
कुनैबेला ट्रम्पकै कट्टर आलोचक मानिएका भान्स अहिले उनकै सहयात्री बनेका छन् ।
डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस नै अहिलेसम्म सो पदका लागि मैदानमा छन् ।
ट्रम्प रिपब्लिकनको सोमबारको कार्यक्रममा दायाँ कानमा ब्यान्डेज लगाएको अवस्थामा देखा परेका थिए ।
गत शनिबार पेन्सिलभानियामा भएको चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्