गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले लिए नियन्त्रणमा

काठमाडौं : प्रहरीले मीना ढकाललाई नियन्त्रणमा लिएको छ । हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् ।

यद्यपि, उनीहरूको कानुनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ । गजुरेलले दोस्रो विवाह समेत गरिसकेका छन् । मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार