प्रचण्डका लागी कांग्रेस सांसदको गीत : ‘ओराली लागेको हरिणको चाल भो, छल गर्‍यो मायाले’

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै संसदमा रामकृष्ण ढकालले गाएको गीतका हरफ सुनाएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद शर्माले ढकालको स्वर, आनन्द अधिकारीको शब्द र न्ह्यू बज्राचार्यले संगीत गरेको गीत– ‘ओराली लागेको हरिणको ताल भो’का हरफ सुनाएका हुन् । 

ओराली लागेको हरिणको चाल भयो, 

बाचुञ्लेज सम्मपनि मरेकै हाल भयो,

छल गर्‍यो मायाले, छल गर्‍यो मायाले । 

त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाको, 

माया त रैछ धारिलो धुरा, रेटिनै पर्‍यो नि । 

बासै यो उठाउने कस्तो यो खेल भो, 

जीवनमा धेरै धेरै ने झेल भो ।

सांसद शर्माले गीतका हरफ सुनाउँदा संसदमा हाँसो गुञ्जिएको थियो । सांसद शर्माले सो गीतका अरुपनि अंश सुनाए । 

दुईचार दिनको त्यो मृगतृष्णा के देख्नु पर्‍यो नि । 

झिरैमा उनेको माछीको हाल भयो । 

‘यो मैले २८ सदनबाट बिदा लिँदै गर्नुभएको प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहालप्रति समर्पित गर्दै आएको हुँ ।  यसमा कसैको नियमापत्ति रह्यो भने डिलिट गरिदिए पनि इगो छैन,’ शर्माले भने । 

कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमतिपछि प्रचण्ड अल्पमतमा परेका छन् । उनले असार २८ गते संसदमा विश्वासको मत लिँदैछन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार