भत्कियो बबई नदीको पुल

 काठमाडौँ : दाङमा लगातार परेको अविरल बर्सातका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति गरेको छ । 

दंगीशरण गाउँपालिका वडा नं. १ को रहरपुर र वडा नं. ४ को बैबाङ जोड्ने झोलुङ्गे पुलमा बबई नदीमा आएको बाढीले क्षति गरेको हो । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलको दंगीशरण गाउँपालिका वडा नं. १ रहरपुरतिरको पुलको पिलर बगाई पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शनिवार साँझ नदीमा आएको बाढीले पुललाई अड्याउने पिलरमा क्षति गरेकोले  उक्त झोलुङ्गे पुल भएर हिँडडुल गर्न बन्द गरिएको छ । पुलमा बाढीले क्षति गरेपछि स्थानीयलाई हिँडडुलमा समस्या भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार